नेमकिपा चुनावको पक्षमा
समाधान संवाददाता
२०७८ वैशाख २७ गते १६:३०

काठमाडौं, २६ वैशाख
नेपाल मजदुर किसान पार्टी नेमकिपा ताजा जनादेशको पक्षमा उभिएको छ। नेमकिपाका सांसद प्रेम सुवालले अब निर्वाचनमा जानुपर्ने बताए ।
‘यो राजनीतिक अन्योल हटाउन जनताको ताजा जनादेश लिनु अथवा निर्वाचनमा जानु नै प्रजातान्त्रिक बाटो हो,’ सुवालले भने ।
विश्वासको मतका पक्षमा उभिने या नभिनेबारे भने उनले केही पनि उल्लेख गरेनन् । संसदमा नेमकिपाका सुवालमात्र एक सांसद हुन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया