६५३ संक्रमित थपिए, १३ को मृत्यु

समाधान संवाददाता २०७८ वैशाख २७ गते १७:३२

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा सोमबार ६५३ जना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ११ वटै जिल्लामा कुल ६५३ संक्रमित थपिएका हुन् ।

थपिनेमा सबैभन्दा बढी २९८ जना छन् । नवलपुरमा ८६, म्याग्दीमा ६३, बागलुङमा ५८, पर्वतमा ५०, लमजुङमा ३७ संक्रमित थपिएका छन् । तनहुँ र गोरखामा २२÷२२, स्याङ्जामा १५ र मुस्ताङ, मनाङमा १÷१ जनामा संक्रमण देखिएको छ ।

Advertisement

यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २३ हजार ८८२ पुगेको छ । प्रदेशमा ५५३३ सक्रिय संंक्रमित छन् ।

सोमबार प्रदेशमा १३ संक्रमितको मृत्यु भएको छ । स्याङ्जाका ४, पर्वतका ३, म्याग्दी, कास्कीका २÷२, तनहुँ, रुपन्देहीका १÷१ जनाले ज्यान गुमाएका छन् ।

Advertisement

कास्की पोखरा महानगरपालिका ७ का ६७ वर्षीय संक्रमितको आइतबार दिउँसो मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । पोखरा १३ का ८७ वर्षीय संक्रमितको सोमबार होम आइसोलेसनमा मृत्यु भएको छ ।

उनमा २४ वैशाखमा कोरोना देखिएको थियो । लमजुङ म¥र्याङ्दी गाउँपालिका ६ का ६५ वर्षीय संक्रमितलाई जिल्ला अस्पताल लमजुङबाट पोखरा ल्याउने क्रममा मृत्यु भएको हो । उनमा २५ वैशाखमा कोरोना पुष्टि भएको थियो ।

स्याङ्जा वालिङ नगरपालिका १ की ६४ वर्षीया संक्रमितको सोमबार चरक मेमोरियल अस्पतालमा मृत्यु भएको हो । कोभिड निमोनिया र मुटुको समस्या रहेकी उनमा १७ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । स्याङ्जा हरिनाश गाउँपालिका ४ का ५५ वर्षीय संक्रमितको सोमबार मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

उनमा २६ वैशाख गते कोरोना संक्रमण देखिएको थियो । स्याङ्जा फेदिखोला गाउँपालिका ९ की ६२ वर्षीया महिला संक्रमितको आइतबार बेलुका गण्डकी मेडिकल कलेजमा ज्यान गएको हो । स्याङ्जा गल्याङ ३ का ८४ वर्षीय संक्रमितको आइतबार बेलुका चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ ।

म्याग्दी धौलागिरी गाउँपालिका २ का ३७ वर्षीय पुरुष संक्रमितको सोमबार बिहान गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उनमा वैशाख २३ गते कोरोना देखिएको थियो । रुपन्देहीको बुटवल महानगरपालिका १ का ३४ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार बिहान ८ बजे फिस्टेल अस्पताल पोखरामा उपचारको क्रममा ज्यान गएको छ ।

पर्वत कुश्मा नगरपालिका १ का ४७ वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार दिउँसो धौलागिरी अस्पताल बागलुङमा ज्यान गएको जनाइएको छ । तनहुँ भानु नगरपालिका १ का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार दमौली अस्पतालमा ज्यान गएको हो । प्रदेशमा कोरोनाले ज्यान गुमाउनेको संख्या २७६ पुगेको छ ।

तपाईको प्रतिक्रिया