प्रधानमन्त्रीले विश्वासकाे मत गुमाए, पक्षमा ९३ र विपक्षमा १२४ मत

समाधान संवाददाता २०७८ वैशाख २७ गते १७:४९

समाधान संवाददाता, पाेखरा ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासकाे मत गुमाएका छन् ।

साँढे ३ वर्ष अघि झण्डै दुई तिहाई मतसहित प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आफैले विश्वासकाे मत लिन चाहेका हुन् ।

साेमबार संसदमा मत विभाजन हुँदा ओलीकाे पक्षमा ९३ मत पर्याे भने उनकाे विपक्षमा १२४ सांसदले मत दिए ।

संसदमा उपस्थित भएका २३२ सांसद १५ जना तटस्थ बसेका थिए । ३९ जना सांसद अनुपस्थित रहे ।

Advertisement

ओलीकाे विपक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाकाे उपेन्द्र बाबुराम पक्ष, जनमाेर्चाले प्रधानमन्त्रीकाे विपक्षमा मतदान गरे ।

तपाईको प्रतिक्रिया