कांग्रेसलाई राजमाेका कृष्ण थापाको जवाफः आफ्नो खुट्टामा उभिन नसक्नेले किन अघि बढ्ने ?

समाधान संवाददाता
पोखरा, २७ वैशाख
नयाँ सरकार गठन गर्न जनमोर्चाका सांसदको हस्ताक्षर कुरेर बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजपादी पार्टीलाई नेता जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले आफ्नै खुट्टामा उभिन आग्रह गरेका छन् । सरकारमा जान चाहने पार्टीले अरुको खुट्टामा भर परेर नबस्न नेता थापाले विपक्षी दललाई जवाफ दिएका छन् ।
गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले ३ दिनभित्र बहुमत पु¥याएर सरकार गठन गर्न आह्वान गरेकी छन् ।
जनमोर्चाकै साथ पाउने आशले अविश्वासको प्रस्ताव दर्ता गराएका ३ दलले अब पनि जनमोर्चाकै समर्थनमा सरकारमा जान खोजिरहेका छन् । जनमोर्चाकै केन्द्रीय नेतादेखि गण्डकीकी सचेतक पियारी थापासम्मले नयाँ सरकारलाई समर्थन गर्ने बताएपनि संसदीय दलका नेता थापा र अर्का सांसद खिमविक्रम शाही तयार छैनन् ।
‘हामीलाई सरकारमा जानु छैन । सरकारमा जानेले पहिले हस्ताक्षर बुझाए भयो । सरकारमा जान पनि खोज्ने अनि अर्काको खुट्टामा उभिन खोज्ने ?’ थापाको जवाफ थियो, ‘जनमोर्चाले प्रदेश प्रमुखले तोकेबमोजित भोलिसम्म निर्णय त गर्नै पर्ला ।’
नेता थापाले आफूमाथि ह्वीप जारी गरेकी सचेतक पियारी थापामाथि पनि ब्यंग्य गरेका छन् । ‘जनमोर्चामा दलको नेताभन्दा सचेतक माथि हुने चलन छ । त्यही भएर त उहाँको फुर्तिफार्ती बेग्लै छ । नत्र त मलाई जानकारी हुन्थ्यो होला,’ नेता थापाले भने, ‘कोरोना लागेको भन्ने सुनेको थिएँ, सचेतकले कोको सँग भेट गर्नु र ह्वीप जारी गर्नुभयो म पनि चकितै परिरहेको छु ।’
नयाँ गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार बनाउन जनमोर्चाको समर्थनबिना सम्भव छैन । तर जनमोर्चाभित्रको अन्तरद्वन्द्वले यसै भन्न सकिने अवस्था छैन । ३ दल र एमालेसँग समान २८/२८ मत छ ।
जनमोर्चाले कांग्रेसका मुख्यमन्त्री कृष्णचन्द्रलाई साथ नदिए र एमालेसँग मिलेर हस्ताक्षर पनि नबुझाए फेरि ठूलो दलको हैसियतमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नै गण्डकीको मुख्यमन्त्री बन्ने देखिन्छ ।









‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
सडक महोत्सवमा ‘एक्स नेपथ्य’
हिसान कास्की स्पोर्ट्सको उपाधि प्रतिभालाई
स्वाधीन संयुक्त सरकार माग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया