महन्थ ठाकुरले देउवालाई समर्थन नगर्ने, भनेः सरकार गठन हाम्राे प्राथमिकतामा छैन

समाधान संवाददाता, काठमाण्डाैं ।
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठनकाे गृहकार्यमा जुटेका प्रतिपक्षीहरुलाई साथ नदिने बताएका छन् ।
साेमबार राती विज्ञप्ति जारी गर्दै उनले सरकार गठन जसपाकाे प्राथमिकतामा नरहेकाे प्रष्ट पारेका छन् ।
हाम्राे ध्यान एजेण्डा सम्बाेधनमा छ भन्दै उनले नयाँ सरकार गठन हुनु पर्ने पक्षमा रहेका र त्यसैकाे गृहकार्य गरिरहेका आफ्नै दलका नेता उपेन्द्र–बाबुरामलाई झट्का दिएका छन् । महन्थकाे माग अनुसार जेलमा रहेका जसपाका नेता कार्यकर्ता जेलमुक्त गर्ने केपी ओली सरकारले प्रकृया सुरु गरिसकेकाे छ ।
संसदकाे अककाेे गणितमा जसपाकाे महन्थ ठाकुर पक्ष निर्णायक छ । हिजाे संसदमा विश्वासकाे मत दिने बेलामा जसपाकाे ठाकुर पक्ष तटस्थ बसेकाे थियाे । उसका १५ जना सांसदले कतै भाेट दिएनन् ।
सरकारकाे विपक्षमा मतदान गर्नेकाे संख्या १२४ पुगेकाे छ । नयाँँ सरकार गठनका लागि १३६ सांसद चाहिन्छ । ठाकुरले साथ दिएमा विपक्षीहरुकाे सरकार सजिलै बन्न सक्छ ।









जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया