महन्थ ठाकुरले देउवालाई समर्थन नगर्ने, भनेः सरकार गठन हाम्राे प्राथमिकतामा छैन

समाधान संवाददाता २०७८ वैशाख २८ गते ७:१८

समाधान संवाददाता, काठमाण्डाैं ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठनकाे गृहकार्यमा जुटेका प्रतिपक्षीहरुलाई साथ नदिने बताएका छन् ।

साेमबार राती विज्ञप्ति जारी गर्दै उनले सरकार गठन जसपाकाे प्राथमिकतामा नरहेकाे प्रष्ट पारेका छन् ।

Advertisement

हाम्राे ध्यान एजेण्डा सम्बाेधनमा छ भन्दै उनले नयाँ सरकार गठन हुनु पर्ने पक्षमा रहेका र त्यसैकाे गृहकार्य गरिरहेका आफ्नै दलका नेता उपेन्द्र–बाबुरामलाई झट्का दिएका छन् । महन्थकाे माग अनुसार जेलमा रहेका जसपाका नेता कार्यकर्ता जेलमुक्त गर्ने केपी ओली सरकारले प्रकृया सुरु गरिसकेकाे छ ।

संसदकाे अ‌ककाेे गणितमा जसपाकाे महन्थ ठाकुर पक्ष निर्णायक छ । हिजाे संसदमा विश्वासकाे मत दिने बेलामा जसपाकाे ठाकुर पक्ष तटस्थ बसेकाे थियाे । उसका १५ जना सांसदले कतै भाेट दिएनन् ।

Advertisement

सरकारकाे विपक्षमा मतदान गर्नेकाे संख्या १२४ पुगेकाे छ । नयाँँ सरकार गठनका लागि १३६ सांसद चाहिन्छ । ठाकुरले साथ दिएमा विपक्षीहरुकाे सरकार सजिलै बन्न सक्छ ।

तपाईको प्रतिक्रिया