काेराेना संक्रमित एमाले कास्कीका नेता भण्डारीकाे निधन

समाधान संवाददाता २०७८ वैशाख २८ गते ९:४३

समाधान संवाददाता, पाेखरा ।

माधव नेपाल पक्षका नेकपा एमाले जिल्ला कमिटी कास्कीका उपाध्यक्ष शोभाखर भण्डारीको निधन भएको छ । ६३ वर्षीय भण्डारीको कोरोना संक्रमणले निधन भएको जनाइएको छ ।

कमिटीका अध्यक्ष धनराज आचार्यका अनुसार भण्डारीको सोमबार मध्यरातमा मृत्यु भएको हो । उनमा एक साता अघि कोरोना संक्रमण देखिएको थियो । ‘कोरोना लागेपछि मणिपाल अस्पतालमा भर्ना हुनु भएको थियो, राति निधन भएछ, हक्की स्वभावका क्रान्तिकारी नेता गुमायौं,’उनले भने ।

Advertisement

४३ सालमा माले प्रवेश गरेका उनी सक्रिय राजनीतिमा थिए । उनी प्रतिनिधि सभा विघटन पछि माधव समूहमा लागेका थिए । माधव नेपालले विस्तार गरेको समानान्तर कमिटीमा उनी जिल्ला उपाध्यक्ष बनेका थिए ।

४३ साल अघि भण्डारी प्रहरी सेवामा थिए । उनले प्रहरी सेवा छाडेर माले प्रवेश गरेपछि भूमिगत भएका थिए । बीचमा उनी माओवादी केन्द्रमा प्रवेश गरेर ५ वर्ष माओवादी नेताको रुपमा सक्रिय थिए । माओवादी र एमालेको एकता अघि एमाले फर्केका उनी एमालेका विभिन्न संघसंंस्थामा बसेर कार्यरत थिए । उनी जर्मनी पुग्दा प्रवास कमिटीमा पनि चुनिएका थिए ।

Advertisement

आचार्यका अनुसार उनी हक्की, दृढ स्वाभका थिए । ‘असल क्रान्तिकारी नेता हुनुहुन्थ्यो, पार्टीले एक असल नेता गुमाएको छ,’ उनले भने ।

नेकपा एमाले कास्कीका नेता शाेभाखर भण्डारीकाे निधन भएकाे छ । काेराेना संक्रमित भण्डारीकाे उपचार कै क्रममा मणिपाल शिक्षण अस्पतालमा निधन भएकाे हाे ।

लामाे समयदेखि एमाले पार्टीमा आबद्ध रहेका भण्डारी पछिल्लाे समयमा माधव नेपाल पक्षले गठन गरेकाे एमाले कास्कीकाे समानान्तर कमिटीकाे उपाध्यक्ष थिए । ६३ वर्षीय भण्डारीको उपचारकै क्रममा गएराति निधन भएको हो ।

भण्डारीले राजनीतिकाे अतिरिक्त समाजसेवामा पनि याेगदान गरेका छन् । अविभावक संघ, कास्की समाज अन्तर्राष्ट्रिय परिषद्, आदर्श समाज, पुष्पलाल मित्रता केन्द्रलगायत संघसंस्थामा रहेर उनले समाज रुपान्तरणमा याेगदान गरेका थिए ।

तपाईको प्रतिक्रिया