मोहनविक्रम सिंहलाई कोरोना
समाधान संवाददाता
२०७८ वैशाख २८ गते ११:०७

राष्ट्रिय जनमोर्चाको माउ पार्टी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई कोरोना भाइरस रोग कोभिड १९ संक्रमण भएको छ । सिंह काठमाडौंमै होम आइसोलेसनमा रहेको पार्टीका प्रवक्ता रामप्रकाश पुरीले बताएका छन् ।
‘उहाँमाथि संक्रमणको प्रारम्भिक अवस्था छ र सुधार उन्मुख दिशामा बढिरहेको छ,’ पुरीले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, ‘दुई दिनअगाडि अक्सिजनको लेबल धेरै कम भएकोमा अहिले केही बढेको अवस्था छ ।’
महामन्त्री सिंह राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलका पति हुन् । सिंहको हेरचाहमा रहेकी पौडेलले सोमबार प्रतिनिधिसभा बैठकलाई सम्वोधनसमेत गरेकी थिएन् । उनै दुर्गाले हाल सिंहको हेरचाह गरिरहेकी छिन् । वयोवृद्ध अवस्थाका नेता सिंह मधुमेहका बिरामीसमेत हुन् ।
सम्बन्धित









लेखनाथ महोत्सवलाई आमा समूहको साथ
विद्यार्थीलाई पोशाक र दाँत परीक्षण
लेकसाइडका सडकमा बस पार्किङ निषेध
सम्पादकीय—सुन्दर योजना, कुरुप कार्यान्वयन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया