पर्यटनकर्मी कृष्ण आचार्यको कोरोनाबाट निधन

समाधान संवाददाता २०७८ वैशाख २८ गते १२:१९

समाधान संवाददाता
लेकसाइडस्थित टेम्पल ट्री रिसोर्काट रेसिडेन्ट म्यानेजर कृष्ण आचार्यको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । गैरापाटनको फिस्टेल हस्पिटलमा उपचाररत उनको सोमबार साँझ निधन भएको हो । साता दिनअघि कोरोनाका लक्षण देखिएपछि चरक अस्पताल पुगेका आचार्य केही बिसेक भयो भनी फर्किएर होटल आइसोलेसनमा बसेका थिए ।


३ दिनअघि फेरि गाह्रो महसुस गरेका आचार्यलाई फिस्टेल हस्पिटल भर्ना गरिएको थियो । उनी बिसन्चो भएको खबरपछि केही दिनयता छोरा काठमाडौंबाट पोखरा आएका थिए, श्रीमती सोमबारमात्रै आइपुगेकी थिइन् ।


स्वर्गीय आचार्यका श्रीमती र २ छोरा छन् । काठमाडौंका स्थायी बासिन्दा आचार्य फूलबारी रिसोर्टबाट २१ वर्षअघि पोखराको पर्यटन क्षेत्रमा थिए । यसअघि उनले होटल पोखरा ग्रान्डमा समेत जिम्मेवारी सम्हालेका थिए । उनी ५२ वर्षका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया