गण्डकीमा कोरोनाबाट थप १२ जनाको मृत्यु
समाधान संवाददाता
२०७८ वैशाख २८ गते १२:३०

समाधान संवाददाता, पाेखरा
गण्डकी प्रदेशमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कास्कीका ६, रुपन्देही र म्याग्दीका २, स्याङ्जा र तनहुँका १/१ जनाको मृत्यु प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार पुष्टि गरेको छ ।
दुइ जनाबाहेक सबै संक्रमितको सोमबार पोखराका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८७ पुगेको छ ।


तपाईको प्रतिक्रिया