काेराेनाकाे डर लाग्दाे दृश्य, आजै २२५ काे मृत्यु

समाधान संवाददाता २०७८ वैशाख २८ गते १८:०४

समाधान संवाददाता, कठमाण्डाैं ।

नेपालमा काेराेना भाइरस संक्रमणकाे दृश्य डर लाग्दाे भएकाे छ । याे भाइरसकाे संक्रमणबाट आज मात्रै २२५ जनाको मृत्यु भएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

देशका अस्पतालमाहरुमा बिरामीका लागि बेडकाे अभाव हुन थालेकाे छ । अक्सिजनकाे अभावले ज्यान गएका समाचार पनि सामान्य बन्न थालेका छन् ।

तपाईको प्रतिक्रिया