ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री

समाधान संवाददाता २०७८ वैशाख २९ गते ८:४३

समाधान संवाददाता, पोखरा

पोखरा चेम्बर अफ कमर्स कास्की अन्तर्गतको यातायात विभागले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

कोरोना भाइरसको प्रकोपबाट जोगिनको लागि सेनिटाइजर माक्स, पञ्जा लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको विभागका संयोजक मनोज रसाइलीले जानकारी दिए । उनले कोरोनाको फैलावट बढेकाले सबैले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नुपर्ने बताए ।

Advertisement

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतले ट्राफिक व्यवस्थापनका लागि सडकमा खटिने प्रहरी संक्रमणको दृष्टिले बढी जोखिममा रहेको उल्लेख गरे । उनले स्वास्थ्य सामग्रीले सुरक्षित भएर काम गर्न सहयोग पुग्ने चर्चा गर्दै चेम्बरको सहयोगप्रति आभार प्रकट गरे ।

पोखरा चेम्बर अफ कमर्स यातायात विभागका महासचिव मदनकुमार सुनारले संस्थगत सामाजिक उत्तरदायित्व अन्तर्गत चेम्बरले सहयोग गर्ने बताए । उनले विषम परिस्थितिमा सबै यातायात व्यवसायी सचेत र संयम बन्नुपर्ने उल्लेख गरे ।

Advertisement

तपाईको प्रतिक्रिया