जसपा सांसद आचार्य चरक अस्पताल भर्ना

समाधान संवाददाता २०७८ वैशाख २९ गते ९:४७

समाधान संवाददाता, पोखरा

जनता समाजवादी पार्टी, गण्डकी संसदीय दलका नेता हरिशरण आचार्य अस्पताल भर्ना भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएका आचार्य मंगलबार चरक मेमोरियल अस्पतालमा भर्ना भएको अस्पताल स्रोतले जनाएको छ ।

Advertisement

स्वास्थ्य अवस्था बिग्रेपछि आचार्य अस्पताल पुगेका थिए । पेट दुखेपछि अस्पताल गएका आचार्यमा जन्डिस देखिएको जनाइएको छ ।

‘हिजोबाट क्याबिनमा राखेर उपचार गरिरहेका छौं, अहिले स्वास्थ्य अवस्था सामान्य छ,’ अस्पताल स्रोतले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया