हार्याे बार्सिलाेना, उपाधि दाैडमा धक्का

समाधान संवाददाता २०७८ वैशाख २९ गते ११:१९

एजेन्सी

लिगकाे सुरुवाती चरणमा खराब प्रदर्शन गरेकाे बार्सिलाेना अन्तिम चरणमा आइपुग्दा उपाधि कै मुख्य दावेदार बनेकाे छ । तर निर्णायक जस्तै खेलमा बराबरीले उसलाई गम्भीर धक्का लाग्याे ।

लिग अन्तर्गत मंगलबार राति भएको लेभान्टेसँगको खेलमा लिएको २–० को अग्रता जोगाउन सकने बार्सिलोनाले ।

Advertisement

अवे मैदानमा भएको खेलमा बार्सिलोना लेभान्टेसँग ३–३ को बराबरीमा रोकियो । २५ औँ मिनेटमा लियोनल मेस्सी तथा ३४ औँ मिनेटमा पेड्रो गोन्जालेज लोपेजले गोल गरि बार्सिलोनालाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

तर दोस्रो हाफमा सो अग्रता कायम हुन सकेन । लेभान्टेका लागि ५७ औँ मिनेटमा गोन्जालो मेलेरो र ५९ औँ मिनेटमा जोसे लुइज मोरालेसले गोल गरि खेल २–२ को बराबरीमा ल्याए । ६४ औँ मिनेटमा उसमान डेम्बेलेले गोल गरि पुनः बार्सिलोनालाई अग्रता दिलाए ।

Advertisement

तर ८३ औँ मिनेटमा सर्जिओ लिअनले लेभान्टेका लागि बराबरी गोल गरे । जित निकालेर शीर्ष स्थानको एथ्लेटिको मड्रिडलाई पछि पार्ने अवसर बार्सिलोनाले गुमायो ।

दोस्रो स्थानमा पुगेको बार्सिलेनाको दुई खेल बाँकी हुँदा ७६ अंक भएको छ । तीन खेल बाँकी रहेको शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ७७ तथा तेस्रो स्थानको रियल मड्रिडको ७५ अंक छ ।

तपाईको प्रतिक्रिया