कृष्ण थापालाई संसदीय दल नेताबाट ऐन विपरीत निकाला

समाधान संवाददाता २०७८ वैशाख २९ गते १५:१०

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई संसदीय दलको हटाइएको पत्र अर्की सांसद पियारी थापाले संसद सचिवालयमा दर्ता गराएकी छन् ।

राजनीतिक दल सम्बन्धी ऐनले संसदीय दलका सदस्यहरुले नेताको नेता चुन्ने व्यवस्था गरेको छ । तर ३ जना सांसद रहेको राजमोको संसदीय दलको बैठकबाट थापालाई हटाइएको भने होइन । सचेतक पियारी थापाले नेता कृष्ण थापालाई संसदीय दलकाे नेता हटाएको उल्लेख गरेको पत्रमा संसदीय दलकाे बैठक बसेर बहुमतका आधारमा हटाएको भन्ने लेखिएको छैन ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउने प्रयाेजनार्थको दाबी पत्रमा हस्ताक्षर गर्ने पर्ने पार्टीको निर्देशन नमानेको आधारमा कृष्ण थापालाई हटाइएको बताइएको छ ।

Advertisement

राजनीतिक दल सम्बन्धी ऐनको दफा २५ मा संसदीय दलको नेताको व्यवस्था छ । संसदीय दलका सदस्यहरुले चुन्ने प्रावधान छ । एकजना सांसदले मात्रै नेता चुन्न सक्दैन ।

Advertisement

तपाईको प्रतिक्रिया