गुरुङ मुख्यमन्त्री नियुक्त, प्रदेश प्रमुखकै निवासमा सपथ ग्रहण समाराेह

समाधान संवाददाता, पाेखरा ।
गण्डकी प्रदेश प्रखु सिता पाैडेलेले नेकपा एमालेका संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङलाई प्रदेश सरकारकाे मुख्यमन्त्रीम नियुक्त गरेकी छन् ।
नवनियुक्त मुख्यमन्त्री गुरुङ पद तथा गाेपनियताकाे सपथ खान प्रदेश प्रमुखकाे निबासमा पुगिसकेका छन् ।
गण्डकी प्रदेश सभाकाे नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशकाे मुख्यमन्त्री पुन बन्ने भएका छन् ।
प्रदेश प्रमुख सिता पाैडेलले प्रदेश सभाकाे सबै भन्दा ठुलाे दल एमालेलाई अल्पमतकाे सरकार गठन गर्न आव्हान गरेपछि गुरुङले दाेश्राे पटक मुख्यमन्त्री बनेका हुन् ।
मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पाैडेलले २६ गते दिउसाे ४ बजे ७२ घण्टाकाे समय दिदैं बहुमतकाे सरकार गठनका लागि दलहरुलाई आव्हान गरेकी थिइन् ।
याे अवधिमम बहुमतकाे सरकार बनाउन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रयास गरेपनि जनमाेर्चाका कृष्ण थापाले साथ नदिएपछि उनी सफल भएनन् । उनलाई कांग्रेस, माओवादी केन्द्र र जसपाकाे साथ थियाे । जनमाेर्चाकाे मत एकै नहुँदा नेपालीले मुख्यमन्त्री बन्न पाएनन् ।
मुख्यमन्त्री गुरुङले प्रदेश सभाबाट एक महिना भित्रमा विश्वासकाे मत लिनु पर्नेछ ।
तपाईको प्रतिक्रिया