खिमविक्रम शाहीले भनेः म पनि तटस्थ छु, हस्ताक्षर गरेकाे छैन
समाधान संवाददाता
२०७८ वैशाख २९ गते १७:३४
समाधान संवाददाता, पाेखरा ।
राष्ट्रिय जनमाेर्चाका सांसद खिमबिक्रम शाहीले आफूले पनि कसैकाे पक्षमा हस्ताक्षर नगरेकाे बताएका छन् ।
जनमाेर्चाकाे केन्द्रीय नेतृत्वले संसदीय दलका नेतालाई कारवाही गरेकाे पत्र सार्बजनिक भए लगत्तै वक्तब्य जारी गर्दै सांसद शाहीले आफुले पनि कांग्रेस नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन नमानेकाे बताएका छन् ।
उनले घुमाउराे पारामा थापालाई मात्र नभएर आफूलाई पनि कारवाही गर्न चुनाैति दिएका छन् ।
उनले पत्रमा आफु कुनै पनि गठबन्धनमा नलागेर तटस्थ बसेकाे बताएका छन् ।

सम्बन्धित
तपाईको प्रतिक्रिया