एक्लै सपथ खाए गुरुङले

समाधान संवाददाता २०७८ वैशाख २९ गते १८:१६

समाधान संवाददाता, पाेखरा ।

नवनियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गाेपनियताकाे सपथ लिएका छन् ।

प्रदेश प्रमुखकाे निवासमा आयाेजित सपथ ग्रहण समाराेहमा गुरुङले एक्लै सपथ लिएका हुन् ।

आज केही तयारी गरेकाे छैन्, एक्लै सपथ लिन्छु, भाेलि पर्सी बिस्तार गर्नु पर्ला– सपथ लिन जानु अघि मुख्यमन्त्रीले समाधानसँग भनेका थिए ।

भने अनुसार नै उनले एक्लै सपथ लिएका छन् । सपथ ग्रहण समाराेहमा सिमित व्यक्तिलाई बाेलाइएकाे छ । सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सृजना शर्मा, एमाले संसदीय दलका सचेतक मायानाथ अधिकारी, उच्च अदालतका प्रमुख न्यायाधिश सपथ ग्रहण समाराेहमा उपस्थित थिए ।

तपाईको प्रतिक्रिया