पृथ्वीसुब्बाले लिए मुख्यमन्त्रीको सपथ

नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ फेरि मुख्यमन्त्री नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सीता पौडेलले उनलाई भर्खरै पद तथा गोपनियताको सपथ गराइएकी छन् ।
प्रदेश प्रमुख पौडेलले प्रदेश सभाको सबैभन्दा ठूलो दल एमालेलाई अल्पमतको सरकार गठन गर्न आव्हान गरेपछि गुरुङले दोश्रो पटक मुख्यमन्त्री बनेका हुन् ।
विपक्षी दलहरुले अविश्वास प्रस्ताव दर्ता गरेपछि बैशाख २६ गते उनले मुख्यमन्त्रीबाट राजीनामा गरेका थिए । गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले २६ गते दिउसो ४ बजे ७२ घण्टाको समय दिदैं बहुमतको सरकार गठनका लागि दलहरुलाई आव्हान गरेकी थिइन् ।
यो अवधिमम बहुमतको सरकार बनाउन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रयास गरे पनि जनमोर्चाका कृष्ण थापा र खिमविक्रम शाहील्े साथ नदिएपछि उनी सफल भएनन् । उनलाई कांग्रेस, माओवादी केन्द्र र जसपाको साथ थियो । जनमोर्चाको मत एकै ठाउँमा नहुँदा नेपाली मुख्यमन्त्री बन्न पाएनन् ।
मुख्यमन्त्री गुरुङले प्रदेश सभाबाट एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ ।









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया