पिएसजी फ्रेन्चकपकाे फाइनलमा

समाधान संवाददाता २०७८ वैशाख ३० गते ७:१०
LISBON, PORTUGAL - AUGUST 18: Neymar of Paris Saint-Germain celebrates victory after the UEFA Champions League Semi Final match between RB Leipzig and Paris Saint-Germain F.C at Estadio do Sport Lisboa e Benfica on August 18, 2020 in Lisbon, Portugal. (Photo by Manu Fernandez/Pool via Getty Images)

एजेन्सी ।

संघर्रषपूर्ण खेलमा माेन्टपिलरलाई टाइब्रेकरमा पराजित गर्दै पेरिस सेन्ट जर्मेन पिएसजी फ्रेन्च कप फुटबलको फाइनलमा पुगेको छ ।

सेमिफाइनलमा पेनाल्टी सुटआउट मार्फत मोन्टपिलरलाई ६–५ गाेलले पराजित गरेर पिएसजीले फाइनलमा स्थान पक्का गरेको हो ।

Advertisement

निर्धारित समयको खेलमा दुवै तर्फबाट दुई–दुई गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । पिएसजीका लागि केलियन एमबाप्पेले १० र ५० औँ मिनेटमा गोल गरे ।

मोन्टपिलरका लागि लाबोर्डेले ४५ औँ तथा डेलोर्तले ८३ औँ मिनेटमा गोल गरेका हुन् । त्यसपछि टाइब्रेकरमा पिएसजीले मोन्टपिलरलाई ६–५ ले पराजित गरेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया