एथ्लेटिको मड्रिड लयमै, उपाधिका लागि थप बलियाे

समाधान संवाददाता २०७८ वैशाख ३० गते ७:२२

एजेन्सी ।

एथ्लेटिको मड्रिडले संघर्षपूर्ण जित निकाले पनि उपाधि उचाल्नका लागि आवश्यक महत्वपूर्ण ३ अंक जाेडेकाे छ ।

स्पेनिस ला लिगा फुटबलको लिग अन्तर्गत बुधबार राति भएको खेलमा रियल सोसिडाडमाथि २–१ को संघर्षपूर्ण जित दर्ता गरेको एथ्लेटिको मड्रिड सन् २०१४ पहिलोपटक च्याम्पियन बन्ने सम्भावना बलियो भएको हो ।

Advertisement

घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोका लागि यानिक कारास्कोले १६ औँ तथा एन्जल कोरियाले २८ औँ मिनेटमा गोल गरे । रियल सोसिडाडका लागि ८३ औँ मिनेटमा जुबेल्दियाले एक गोल फर्काएका हुन् ।

जितपछि दुई खेल बाँकी हुँदा शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ८० अंक भएको छ । दोस्रो स्थानको बार्सिलोनाको समान खेलबाट ७६ तथा तेस्रो स्थानको रियल मड्रिडको ३५ खेलबाट ७५ अंक छ ।

Advertisement

बाँकी दुवै खेलमा जित निकाल्न सकेमा एथ्लेटिको मड्रिडले ११ औँपटक ला लिगाको उपाधि उचाल्ने छ ।

तपाईको प्रतिक्रिया