अन्नपूर्ण गाउँपालिका बन्द

समाधान संवाददाता, पोखरा
समुदाय स्तरमा नयाँ भेरियन्टको कोरोना फैलिएपछि अन्नपूर्ण गाउँपलिकाले बुधबारदेखि स्वास्थ्य र अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको छ ।
समुदाय स्तरमा व्यापक प्रभाव देखिएकाले थप संक्रमण हुन नदिन पालिका र मातहतका कार्यालयबाट हुने सेवा प्रवाह अर्को सूचना नभएसम्म बन्द गरिएको अध्यक्ष युवराज कँुवरले जानकारी दिए ।
पालिकाले वडा नम्बर ५ को झोबाङमा बुधबार स्वास्थ्य सामग्री वितरण गरेको छ । जनप्रतिनिधि, स्वास्थ्यकर्मीले २१ जनालाई ती समाग्री प्रदान गर्नुका साथै कोरोना बिरुद्धको सचेतनामूलक कार्यक्रम भएको अध्यक्ष कुँवरले जानकारी दिए ।
कोरोना संक्रमितको उपचारका लागि पालिकाले वडा नम्बर ५मा ५ बेडको कोभिड अस्पतालको स्थापना गरेको छ । ढिकुरपोखरी दिगो महिला विकास बचत तथा ऋण सहकारी संस्थाको भवनमा अस्पताल बनाइएको हो ।
‘कोरोनाको फैलावट रोक्न वडा स्तरमा सम्पर्क व्यक्ति तोक्नेदेखि समुदाय स्तरमा सचेतनामूलक अभियान चलाएको छौं,’अध्यक्ष कुँवरले भने, ‘स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरी कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा लाग्न पालिकाबासीलाई अपिल गरेका छौं ।’
अध्यक्ष कुँवरले ढिकुरपोखरी, नयाँपुल र घान्द्रुकलाई आधार मानेर उपचारमा आउने जाने बिरामीलाई जिपको व्यवस्था मिलाइएको जानकारी दिए ।
अन्नपूर्ण ५झोबाङमा पोखरा सम्पर्क समाजले बुधबारझोबाङमा स्वास्थ्य सामग्री वितरण गरेको छ । समाजले सेनिटाइजर, माक्स, पञ्जा, सञ्चो, साबुन, ज्वरो नाप्ने थर्मलगन प्रदान गरेको समाजका सचिव सञ्जय पौडेल बैरागीले जानकारी दिए ।
समाजका सदस्य प्रकाश पौडेल र अर्जुन पौडेलले टोल विकास अध्यक्ष नरहरि पौडेल, जनप्रतिनिधि भगवती क्षेत्री र बालिका नेपालीलाई ती सामग्री हस्तान्तरण गरे ।
सचिव पौडेलले अन्नपूर्ण ५को झोबाङ, गिरीचोक, लुगेरा पुरानो गाउँ नयाँपुल लगायत सबै टोलका बासिन्दालाई ती सामग्री वितरण गरिने बताए ।
अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५को वडा कार्यालयले कोरोना संक्रमणको उच्च जोखिममा रहेको झोबाङ आसपासको क्षेत्रमा मंगलबारदेखि सिल गरेको छ ।
वडा अध्यक्ष जीवनाथ न्यौपानेले झोबाङदेखि पर्वतको मोदी ६ मौजा आसपासको क्षेत्रलाई सिल गरिएको जानकारी दिए । वडा कार्यालयले अर्को सूचना नभएसम्मका लागि वडा कार्यालयको क्षेत्रभरीका निषेधाज्ञा जारी गरेको छ ।
नयाँपुल, गिरीचोक,ओखरबोट लुयेरा, पुराना गाँउ समेतको क्षेत्रमा उच्च सतर्कता अपनाउनुका साथै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न वडा कार्यालयले आग्रह गरेको छ ।









सम्पादकीय—प्रतिनिधिसभा पुनःस्थापनाको अपरिहार्यता
निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया