डा. भगवान कोइरालाको नेतृत्वमा अनुगमन समिति

समाधान संवाददाता २०७८ वैशाख ३० गते ७:४९

समाधान संवाददाता, काठमाडौं

कोभिड १९ को महामारी बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाको नेतृत्वमा अनुगमन समिति बनाएको छ ।

मंगलबार स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गरी सबै काउन्सिलका अध्यक्ष र मेडिकलसम्बन्धी विषयगत संस्थाका अध्यक्ष सदस्य हुने गरी ११ सदस्सीय अनुगमन समिति बनाइएको हो ।

Advertisement

समितिका सदस्यमा मन्त्रालयका गुणस्तरमापन महाशाखा प्रमुख डा. मदन उपाध्याय, नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष प्रज्वलजंग पाण्डे, स्वास्थ्य व्यवसायी परिषदका अध्यक्ष मोहनकृष्ण श्रेष्ठ, नर्सिङ काउन्सिल अध्यक्ष, मेडिकल काउन्सिलका अध्यक्षले तोकेको व्यक्ति सदस्य छन् ।

सदस्यमा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. लोचन कार्की, निजी अस्पताल तथा नर्सिङ होम एसोसिएसनका अध्यक्ष वसन्त चौधरी, नेपाल डेन्टल एसोसिएसनका अध्यक्ष डा. सुमित मास्के र नेपाल मेडिकल कलेज एसोसिएसनका अध्यक्ष बसुरुद्धीन अन्सारी छन् ।

Advertisement

सो समितिको सदस्यसचिव मन्त्रालयको एचइओसी इकाइ प्रमुख डा समीरकुमार अधिकारीलाई तोकिएको छ । समितिलाई कोभिड १९ संक्रमणमा अस्पतालमा भइरहेको व्यवस्थापन, उपचार र जनगुनासोलाई अध्ययन गर्ने अधिकार दिइएको छ ।

तपाईको प्रतिक्रिया