माधव नेपालसहित ४ सांसदमाथिको कारबाही फुकुवा
समाधान संवाददाता
२०७८ वैशाख ३० गते ११:३३

काठमाडौँ
नेकपा एमालेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले कारबाही फुकुवा गरेको हो ।
नेता नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली समूहको बैठकले कारबाही गरेको थियो । ति चार जना नेताको कारबाही फुकुवाको निर्णय गरेको हो । फुट संघारबाट एमालेलाई जोगाउन कारबाही फुकुवा गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बैशाख ३० गतेभित्र बहुमतको सरकार बनाउन दलहरूलाई आह्वान गरेकी थिइन् । राष्ट्रपति भण्डारीले दिएको समयसीमा आज सकिँदैछ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया