तेश्राे पटक प्रधानमन्त्रीकाे सथप खाँदै ओली

समाधान संवाददाता, काठमाण्डाैंख।
विहीबार मध्यरातमा प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीले आज दिउसाे २ बजे पद तथा गाेपनियताकाे सपथ खाँदैछन् ।
ओली तेश्राे पटक प्रधानमन्त्री नियुक्त भएका छन् । यसअघि २ पटक गठबन्धन सरकारकाे प्रधानमन्त्रीकाे सपथ खाएका ओलीले अहिले सदनमा सबै भन्दा ठुलाे दलकाे नेताकाे हैसियतमा सपथ लिन थालेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार मध्यरात हुनै लाग्दा ओलीलाई संविधानको धारा ७२ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले धारा ७६ (२) अनुसारको सरकार गठनका लागि दलहरुसँग आह्वान गरे पनि बिहीबार राति ९ बजेको समयसीमाभित्र कुनै दलले पनि दाबी प्रस्तुत गरेन।
बहुमतको दाबी कसैले नगरेपछि ओलीलाई सबैभन्दा ठूलो दलको नेताको हैसियतमा फेरि प्रधानमन्त्री पदमा सत्तारोहण गर्ने अवसर जुटेको हो।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार आज दिउसाे ओलीले शपथ लिने छन्। उनले अब ३० दिनभित्र विश्वासकाे मत लिनु पर्छ।
तपाईको प्रतिक्रिया