गण्डकी चेम्बरको अध्यक्षमा किसान

समाधान संवाददाता २०७८ वैशाख ३१ गते ८:१२

समाधान संवाददाता, पोखरा

पोखराका युवा व्यवसायी किसान सुनार गण्डकी चेम्बर अफ कमर्स गण्डकीको अध्यक्षमामनोनित भएका छन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चेम्बरको विधान अनुसार सुनारलाई आगामी तिन वर्षे कार्यकालका लागि अध्यक्षमा मनोनयन गरेका हुन् ।

Advertisement

उनी पोखरा चेम्बर अफ कमर्स कास्कीका संस्थापक अध्यक्षहुन् । उनको कार्यकालमा देश भरीका जिल्ला चेम्बरहरुमा कास्की उत्कृष्ट भएको थियो । त्यस वापतकास्की नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारण सभामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मानित भएको अध्यक्ष सुनारले जानकारी दिए ।

‘सबै तहका उद्योगी व्यवसायीलाई समेटेर कास्कीको संस्थागत संरचना विस्तार गरेका थियौं,’अध्यक्ष सुनारले भने, ‘कास्कीलाई जस्तो प्रदेशलाई समेत नमुना र उदाहरणीय बनाउने योजना छ ।’

Advertisement

उनले सबै जिल्लाका उद्योगी व्यवसायीलाई समेटेर १९ सदस्यीय कार्य समिति बनाउने बताए । यसभन्दा अगाडी गण्डकी प्रदेश चेम्बर अफ कमर्सको अध्यक्षमा यदुनाथ अधिकारी थिए ।

तपाईको प्रतिक्रिया