पाेखरालाई अक्सिजन दिने सहयाेगी मन, जुटाए झण्डै २ कराेड

समाधान संवाददाता २०७८ वैशाख ३१ गते १०:११

अक्सिजन प्लान्टकाे फाइल तस्विर ।

समाधान संवाददाता, पाेखरा ।

केही दिन अघि बतास फाउण्डेसनका अध्यक्ष एवं पाेखरेली उद्यमी आनन्दराज बतासले समाजिक सञ्जालमा एउटा आव्हान पाेष्ट गरे– पाेखराकाे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान स्थापना गर्न सहयाेग जुटाऔं ।

Advertisement

काेराेना भाइरस संक्रमितहरुका लागि प्राण वायु अक्सिजनकाे अभाव भएकै कारण छिमेकी मुलुक भारतमा सयाैं बिरामीकाे ज्यान गइरहेकाे बेलामा बतास र उनका साथिहरुलाई काैतहलता लागेकाे थियाे– पाेखराकाे अक्सिजन अवस्था के हाेला ।

त्यही बेला भेटिए पाेखरा महानगर पालिकाका मेयर मानबहादुर जिसी । उनले बतासलाई आग्रह नै गरे– आनन्द जि सहयाेग गर्ने, धर्म कमाउने बेला यही हाे, लाै न तपाईहरु मिलेर पश्चिमाञ्चल अस्पतालमा अक्सिजन प्लान्ट राखिदिनुस ।

Advertisement

तत्काल प्लान्ट स्थापना गर्न नीजि क्षेत्रले मात्र सक्ने मेयरलाई थाहा थियाे । सरकारी प्रकृया त लामाे र झन्झटिलाे छ नि, तत्कालकाे आवश्यकता पुरा गर्न नीजि क्षेत्रका साथिहरुले सक्ने भएकाले आग्रह गरेकाे हुँ–मेयर जिसीले समाधानसँग भने ।

अक्सिजनकाे महत्व बुझेका बतासले तत्कालै साथिभाइहरुसँग सल्लाह गरे । करिब १ कराेडकाे बचनवद्धता पाइसकेपछि आँट गरे र फेसबुकमा स्टाटस लेखे ।

अहिलेकै अवस्था रही राख्ने हाे भने पाेखरामा अक्सिजनकै अभावमा कैयाैंले ज्यान गुमाउन सक्छन भन्ने महसुस गरेर उनीहरुले नीजि क्षेत्रकै पहलमा अक्सिजन प्लान्ट स्थापना गर्ने साेच बनाएर रकम जुटाउन थालेका हुन् ।

याे अभियानमा अहिलसम्म करिब २ कराेड रुपैया जुटिसेकेकाे छ । बतासले आफै आवद्ध सस्थाबाट ५० लाख दान गरेका छन् ।बतास फाउण्डेशन फाउण्डेसनबाट २५ लाख र बि रिभर माइनिङबाट २५ दिने भएका छन् ।

त्यस्ते सुपरमादी हाइड्राे पावरका उद्यमी पुष्पज्याेति ढुङ्गानाले २५ लाख, अटाेवेज प्रालिका नारायण पाैडेलले २५ लाख, क्वालिटी एग्रिगेटका देवबहादुर ज्वारचनले २५ लाख, सेलवेज डिपार्टमेन्ट स्टाेरका सुशिल प्रधानाङ्गले २५ र स्वर्गीय सूर्यबहादुर केसीले स्थापना गरेकेा केसी ग्रुपबाट २५ लाख दान गर्ने प्रतिवद्धता आइसकेकाे बतासले जानकारी दिएका छन् ।

यसैगरी टिका रिसाेर्टका टिका पाैडेलबाट १ लाख, दमाैलीका भक्त बतास १ लाख, पाेखराका शाेभितमान बुद्धाचार्यबाट, पाेखराकै भिमराज रेग्मीबाट १ र हाेटल ल्याण्डमार्कका ओमप्रकाश पाण्डेबाट १ लाख ११ हजार १११ रुपैया सहयाेगकाे प्रतिबद्धता आइसकेकाे छ ।

तत्कालका लागि करिब ३ कराेड रुपैया जुटाउने याेजना उनीहरुकाे छ । प्रति घण्टा १० देखि १५ क्युविक मिटर अक्सिजन उत्पादन गर्ने प्लान्ट राख्न करिब ३ कराेड चाहिने रहेछ– बतासले भने ।

थप रकमका लागि उनले सहयाेग गर्न दानी मनहरुलाई आग्रह पनि गरेका छन् । जसले जति दान गर्न चाहानुहुन्छ गर्न आग्रह गर्दै बतासले सबैकाे सहयाेग रकम पारदर्शी ढंगले सार्बजनिक गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । सानाे ठुलाे भन्ने छैन, हजार, १० हजार, लाख जति सक्नु हुन्छ सहयाेग गर्न आग्रह गरेका छाैं– उनले भने । सहयाेग रकम दिने प्रतिवद्धता व्यक्त गर्नका लागि तत्कालका लागि आफ्नै फेसबुकमा कमेन्ट लेख्न आग्रह गरेका छन् ।

प्लान्ट ल्याउन झण्डै ३ महिना लाग्ने उनले बताए । भारतले अक्सिजन प्लान्ट बिक्री गर्न प्रतिबन्ध लगाएकाे सुने, अब चिनकाे भर छ, कुरा गरिरहेकाे छु भन्दै बतासले चिनबाट ल्याउदा ३ महिना लाग्ने बताए ।

चाडाे गर्नका लागि सरकारी अधिकारीहरुसँग पनि छलफल गरिरहेकेा बतासले बताए । आजै नेपाल सरकारका मुख्य सचिवसँग कुरा गरेकाे छु भन्दै उनले उहाँबाट पनि प्रकृयागत सहयाेगकाे आश्वासन पाएकाे जानकारी दिए ।

तपाईको प्रतिक्रिया