ओलीले सपथ लगत्तै सभाहलको उद्घाटन गर्ने

समाधान संवाददाता २०७८ वैशाख ३१ गते १२:२०

काठमाडौँ

ललितपुरको गोदावरीमा ३ हजार क्षमताको मुख्य हलसहित निर्माण गरिएको अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्रको प्रधानमन्त्री केपी शर्मा ओलीले आज ९शुक्रबार० दिउँसो उद्‍घाटन गर्ने भएका छन् ।

४२ औँ प्रधानमन्त्रीको सपथ लिए लगत्तै उनले शुभ कार्यको रुपमा आफू दोस्रो पटक प्रधामन्त्री भएपछि नै निर्माण थालिएको उक्त भवनको उद्घाटन गरेर सकारात्मक सन्देश दिन लागेका हुन् ।

Advertisement

अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी, सभा र सम्मेलन तथा कार्यक्रम गर्न मिल्ने हलको अभाव नहोस भन्दै ०७६ कात्तिकमा मन्त्रिपरिषद् बैठकले विशेष निर्णयले यो सभाहल निर्माणको कार्य अघि बढेको हो । सहरी विकास तथा भवन निर्माण विभागले टेन्डर आह्वान गरी निर्माण प्रक्रिया अघि बढाएको र यो महामारीको बीचमा पनि भवन समयमा सम्पन्‍न भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया