उम्मेदवारी फिर्ता लिन्नँः राष्ट्रिय सभा उम्मेदवार देवकोटा

काठमाडौँ
राष्ट्रिय सभा सदस्यका लागि विपक्षी गठबन्धनबाट उम्मेदवारी दिएका डा। खिमलाल देवकोटाले आफ्नो उम्मेदवारीबारे पुनर्विचार हुन नसक्ने प्रष्ट पारेका छन्।
उनले विकसित राजनीतिक घटनाक्रमका कारण उम्मेदवारीबारे पुनर्विचार गर्ने कुरा कल्पना भन्दा बाहिरको विषय रहेको बताएका हुन्।
सामाजिक सञ्जालमार्फत डा। देवकोटाले भनेका छन्, ‘मुलुकका प्रमुख राजनीतिक दल नेपाली कांग्रस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी लगायत अन्य दलहरुको समर्थन र सहयोगबाट मैले उम्मेदवारी दिएको स्थितिमा यसमा पुर्नविचार गर्ने कुरा कल्पना भन्दा बाहिरको विषय हो।’
वैशाख ३० गते भएको राजनीतिक घटनाक्रमपछि एमाले विवाद समाधानको चरणमा प्रवेश गरेका बेला आफ्नो उम्मेदवारी अब के हुन्छ भन्नेमा चासो रहनु स्वभाविक नै रहेको देवकोटाले बताएका छन्।
नेकपा एमालेका नेता कार्यकर्ता लगायत सबै राजनीतिक दलहरुले आफूप्रति पूर्ण विश्वास र सदभाव राखेको अवस्थामा उम्मेदवारीप्रति प्रतिवद्ध रहेको उनले बताएका छन्।
‘सबै मतदाताहरुमा उत्साहका साथ चुनावमा सहभागी भई मेरो चुनाव चिन्ह कलममा मतदान गर्नु हुन सादर अनुरोध गर्दछु’, देवकोटाले भनेका छन्।









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया