जसपा अहिले सरकारमा नजाने, पहिले माग पुरा गर्न आग्रह

समाधान संवाददाता २०७८ वैशाख ३१ गते १४:५०

समाधान संवाददाता, पाेखरा ।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका महन्थ–राजेन्द्र पक्षलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । तर उनीहरुले तत्काल सरकारमा सहभागी हुन इन्कार गरेका छन् ।

जसपाका नेताहरुले अहिले आफुहरुका माग पुरा नभएकाले सरकारमा सहभागी नहुने बताएका हुन् । श्राेतका अनुसार पहिले माग पुरा गर्न दवाव दिएका उनीहरुले माग पुरा भएपछि भने सरकारमा सहभागी हुन सकिने जानकारी गराएका छन् ।

Advertisement

ओलीलाई ठुलाे दलकाे नेताकाे हैसियतमा प्रधानमन्त्री नियुक्त गर्न सहयाेग गरेकाे जसपाकाे साे समुहलाई पनि साथैमा लिएर अघि बढ्ने चाहाना ओलीले व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओली जसपाकाे माग सम्बाेधन गर्न तयार छन् । उनले आजै प्रधानमन्त्रीकाे सपथ खाँदैछन् ।

Advertisement

तपाईको प्रतिक्रिया