प्रधानमन्त्री ओलीले लिए सपथ, मन्त्री पुरानै दोहोरिए

समाधान संवाददाता २०७८ वैशाख ३१ गते १४:५४

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् ।

शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति छ ।

Advertisement

ओलीले माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेर मन्त्री भएकामध्ये सबैलाई पुनः मन्त्री बनाएर सपथ दिलाएका छन् ।

प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद्‍मा पूर्वमाओवादीका सात जना मन्त्री थिए । गृहमन्त्री रामबहादुर थापा बादल नै भएका छन् । प्रभु साह, लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा पनि मन्त्रीमा दोहोरिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया