शव दाहसंस्कारमा संलग्न कर्मचारीलाई भत्तास्वरूप प्रति शव रु एक हजार भत्ता

रासस, काठमाण्डाैं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रको विकास र विस्तारभन्दा पनि उद्धार र राहतमा केन्द्रित हुनेगरी नीति बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
संस्कृतिमन्त्रीमा पुनः नियुक्त ढकालले आज मन्त्रालयमा पदभार ग्रहण गर्दै कोभिड–१९ कारण थला परेको पर्यटन व्यवसायले राहत पाउनेगरी नीति बनाउन आग्रह गर्नुभयो । उहाँले नीति र बजेट दुवै प्रभावकारी हुने गरी तयारी गर्न पनि निर्देशन दिनुभयो ।
मन्त्री ढकालले पशुपतिमा कोभिड सङ्क्रमित भएका शव दाहसंस्कारमा संलग्न हुने कर्मचारीलाई प्रोत्साहन भत्तास्वरूप प्रतिशव रु एक हजार दिइने निर्णयको फाइल सदर गर्नुभएको पर्यटनमन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिनुभयो ।
यसअघि सरकारले निर्णय गरेर जोखिम भत्ता दिने निर्णय गरिए पनि पशुपति आर्यघाटमा शव दाहासंस्कारमा सहभागी हुने कर्मचारी परेका थिएनन् । अब उनीहरूले पनि प्रोत्साहन भत्ता पाउने भएका छन् ।









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया