धनी देशलाई डब्लुएचओकाे आग्रहः पहिला गरिब देशलाई सहयाेग गर्नुस

एजेन्सी ।
विश्वका धनी देशहरुले बालबालिका तथा किशोरकिशोरीलाई कोरोना भाइरविरुद्धको खोप दिने योजना तत्कालका लागि पछि सोरेर गरिब देशहरुलाई सहयोग गर्नु पर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ ।
विश्वका गरिब देशहरुमा अति जोखिममा रहेका वर्गहरुले नै खोप नपाएको अवस्थामा महामारी नियन्त्रणमा लिने प्रयोजनका लागि धनी देशहरुले सहयोग स्वरुप खोप उपलब्ध गराउनु पर्ने डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले बताएका हुन् ।
खोपको समानुपातिक पहुँचका लागि थालिएको कोभ्याक्स अभियानमा धनी देशहरुले खोपको थप मात्रा प्रदान गर्नु पर्ने डा. टेडरोजले शुक्रबार बताएका हुन् ।
विश्वव्यापी रुपमा कोरोना भाइरस विरुद्धको खोपको वितरण गम्भीर रुपमा असमान रहँदै आएको छ । धनी देशहरुले बालबालिका तथा किशोरकिशोरीलाई पनि खोप लगाउने तयारी गरेका छन् । तर गरिब देशहरुमा भने अग्रपंक्तिमा खटिएका तथा अति जोखिमको वर्गमा रहेकाहरुले नै खोप लगाउन पाएका छैनन् ।
गएको डिसेम्बरमा खोप लगाउन थालिएयता विश्वमा उत्पादन भएका खोपहरुको अधिकांश मात्रा धनी देशले किनेका छन् ।
डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोस

जेनेभामा शुक्रबार भएको भर्च्युअल कन्फ्रेन्समा डा. टेडरोजले केही देशहरुले बालबालिका तथा किशोरकिशोरीलाई पनि खोप दिन किन चाहिरहेका छन् भन्ने बुझे पनि तत्कालका लागि गरिब देशलाई सहयोगका लागि सोच्न आग्रह गर्ने बताए ।
अमेरिकामा राष्ट्रपति जो बाइडेनले जति सक्दो चाँडो १२ देखि १५ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीलाई पनि खोप लगाउने योजना बनाएका छन् ।
उनले आउँदो जुलाई ४ सम्म कम्तीमा ७० प्रतिशत जनसंख्यालाई खोपको कम्तीमा एक मात्रा लगाउने लक्ष्य लिएका छन् ।
क्यानडाले फाइजरको खोप १२ देखि १५ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीले पनि लगाउन पाउने गरि स्वीकृत गरेको छ ।

मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
चुनाव आउन ६५ दिन बाँकी : उम्मेदवारले २५ देखि ३३ लाखसम्म खर्च गर्न पाउने
आन्दोलनमा जलेको कास्की मालपोतलाई ४ बैंकको सहयोग : कम्प्युटर र प्रिन्टर हस्तान्तरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया