धनी देशलाई डब्लुएचओकाे आग्रहः पहिला गरिब देशलाई सहयाेग गर्नुस

एजेन्सी ।
विश्वका धनी देशहरुले बालबालिका तथा किशोरकिशोरीलाई कोरोना भाइरविरुद्धको खोप दिने योजना तत्कालका लागि पछि सोरेर गरिब देशहरुलाई सहयोग गर्नु पर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ ।
विश्वका गरिब देशहरुमा अति जोखिममा रहेका वर्गहरुले नै खोप नपाएको अवस्थामा महामारी नियन्त्रणमा लिने प्रयोजनका लागि धनी देशहरुले सहयोग स्वरुप खोप उपलब्ध गराउनु पर्ने डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले बताएका हुन् ।
खोपको समानुपातिक पहुँचका लागि थालिएको कोभ्याक्स अभियानमा धनी देशहरुले खोपको थप मात्रा प्रदान गर्नु पर्ने डा. टेडरोजले शुक्रबार बताएका हुन् ।
विश्वव्यापी रुपमा कोरोना भाइरस विरुद्धको खोपको वितरण गम्भीर रुपमा असमान रहँदै आएको छ । धनी देशहरुले बालबालिका तथा किशोरकिशोरीलाई पनि खोप लगाउने तयारी गरेका छन् । तर गरिब देशहरुमा भने अग्रपंक्तिमा खटिएका तथा अति जोखिमको वर्गमा रहेकाहरुले नै खोप लगाउन पाएका छैनन् ।
गएको डिसेम्बरमा खोप लगाउन थालिएयता विश्वमा उत्पादन भएका खोपहरुको अधिकांश मात्रा धनी देशले किनेका छन् ।
डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोस

जेनेभामा शुक्रबार भएको भर्च्युअल कन्फ्रेन्समा डा. टेडरोजले केही देशहरुले बालबालिका तथा किशोरकिशोरीलाई पनि खोप दिन किन चाहिरहेका छन् भन्ने बुझे पनि तत्कालका लागि गरिब देशलाई सहयोगका लागि सोच्न आग्रह गर्ने बताए ।
अमेरिकामा राष्ट्रपति जो बाइडेनले जति सक्दो चाँडो १२ देखि १५ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीलाई पनि खोप लगाउने योजना बनाएका छन् ।
उनले आउँदो जुलाई ४ सम्म कम्तीमा ७० प्रतिशत जनसंख्यालाई खोपको कम्तीमा एक मात्रा लगाउने लक्ष्य लिएका छन् ।
क्यानडाले फाइजरको खोप १२ देखि १५ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीले पनि लगाउन पाउने गरि स्वीकृत गरेको छ ।

सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
भुजीखोला बाढीको ५ वर्ष : पीडितलाई ऋणको पासो, राहतको आशै मर्यो
नेपालमा ५ सय र २ सयका भारु नोट चल्ने, आरबिआईले दियो अनुमति
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया