वालिङमा अक्सिजनसहितको आइसोलेसन

समाधान संवाददाता, स्याङ्जा
वालिङ नगरपालिकाले अक्सिजनसहितको आइसोलेसन केन्द्र बनाएको छ । वालिङको गह्रौ प्राथमिक अस्पतालमा ३५ शड्ढयाको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको नगर प्रमुख दिलीपप्रताप खाँणले जनाकारी दिए ।
अस्पतालमा निर्माणाधीन भवनमा सञ्चालनमा ल्याइएको आइसोलेसन कक्षमा रहेका प्रत्येक शड्ढयामा अक्सिजन सिलिन्डर तथा अक्सिजन कन्सन्ट्रेटर जडान गरी भइरहेको खाँणले बताए ।
पहिला ६ बेडमा मात्र अक्सिजन सिलिन्डर रहेको वालिङमा कोरोनाको दोस्रो लहरका संक्रमितलाई स्वासप्रश्वासमा समस्या देखिन थालेपछि नगरपालिकाले आफ्नै लगानीमा २९ बेड थप गरेको हो ।
‘बजार तथा गाउँ गाउँमा संक्रमितहरु हुनुहुन्छ । उहाँहरुको प्रत्येक दिन फोनमार्फत स्वास्थ्य अवस्था बुझ्ने गरेको छु,’ नगर प्रमुख खाँणले भने, ‘कसैलाई स्वास फेर्न अप्ठ्यारो भएमा वा अन्य समस्या भएमा तत्कालै गएर ल्याउँछौं । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्छौं ।’
स्याङ्जाका ११ पालिकामध्ये वालिङमा सबैभन्दा धेरै संक्रमित छन् । गह्रौ प्राथमिक अस्पतालमा दैनिक लक्षण देखिएका बिरामी तथा कन्ट्याक्ट ट्रेसिङमा परेकाको एन्टेजिन विधि मार्फत जाँच गर्ने गरिएको नगर उपप्रमुख कल्पना तिवारीले जानकारी दिइन् ।
यहाँ अस्पतालमा गरिएको नमुना परीक्षणमा संक्रमण पुष्टि भएपछि आवश्यक औषधी दिएर होम आइसोलेसनमा बस्न आग्रह गर्ने, अप्ठ्यारो भएमा वा कुनै समस्या देखिएमा तत्काल सम्पर्क गर्नका लागि नम्बर दिएर पठाउने गरिएको छ । होम आइसोलेसनमा बस्दा स्वास्थ्यसम्बन्धी समस्या देखिएमा तत्कालै आइसोलेसन कक्षमा ल्याई उपचार गरिने उनले बताइन् ।
संक्रमितलाई दैनिक मनोसामाजिक परामर्श दिने गरिएको छ भने घर–घरमै लगेर औषधी उपलब्ध गराउँदै आएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए ।









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया