सूर्योदय क्लबको रक्तदान

समाधान संवाददाता २०७८ जेठ १ गते १०:०६

समाधान संवाददाता, पोखरा

पोखरा क्षेत्रमा रगतको अभावलाई दृष्टिगत गर्दै नदिपुरस्थित सूर्योदय क्लबले शुक्रबार आकस्मिक रक्तदान आयोजना ग¥यो । कार्यक्रमबाट ३२ युनिट रगत संकलन भएको छ ।

क्लवका उपाध्यक्ष मधुसुदन पौडेलले कोभिड महामारी भएपनि सुरक्षाका मापदण्ड पालना गरी कार्यक्रम गरिएको बताए ।

पोखरा महानगरपालिका वडा नं ३ का वडाध्यक्ष रविन्द्रबहादुर प्रजूले उपचारका लागि रगतको खाँचो सँधै हुने र यस्तो विषम परिस्थितिमा रक्तदानगर्ने सबै धन्यवादका पात्र भएको बताए ।

लकडाउनका कारण सामाजिक संघ, संस्थाले कार्यक्रम आयोजना नगरेकाले रगतको अभाव भएको थाहा पाएर कार्यक्रम गरेको क्लबका सचिव षडङ्गराज घिमिरेले बताए ।

तपाईको प्रतिक्रिया