कार्यदल सदस्य छान्‍ने जिम्मा ओली र नेपाललाई

समाधान संवाददाता २०७८ जेठ १ गते १०:३८

काठमाडौँ ।

नेकपा एमालेका शीर्ष नेताहरुले दलभित्र देखिएको विवाद समाधान कार्यदल गठन गर्ने सहमति गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीच भएको छलफलमा दलमा देखिएको विवाद समाधान गर्नका लागि कार्यदल गठन गर्ने सहमति भएको हो ।

Advertisement

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमालेका नेता भीमबहादुर रावलले एकता कायम राखी दललाई अगाडि बढाउन गम्भीर छलफल भएको बताए ।

उनका अनुसार छलफल फेरि अगाडि बढाइने छ । शुक्रबारको छलफलमा पार्टी अध्यक्ष ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेता रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजीपन्तलगायतको सहभागिता थियो । रासस

Advertisement

तपाईको प्रतिक्रिया