मानवता सम्झेर सहयाेग गरेका हाैंः पाैडेल

समाधान संवाददाता, पाेखरा ।
अटाेवेज प्रालि पाेखराका प्रमुख नारायण पाैडेलले पाेखराकाे पश्चिमाञ्चल अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न २५ लाख रुपैया दान दिने घाेषणा गरेका छन् ।
काेराेना संक्रमित राेगी बढ्दै जाँदा पाेखरामा पनि अक्सिजनकाे अभाव हुन सक्ने र यसले धेरैकाे ज्यान लिन सक्ने खतरा भएका कारणले साथिहरु मिलेर सरकारी अस्पतालमा अक्सिजन उत्पादन गर्ने उद्याेग राखिदिन खाेजेकाे उनले बताए ।
२५ लाख रुपैया सानाे रकम त हाेईन नी, व्यापार व्यवसाय चाैपट भएकाे डेढ वर्ष भैसकक्याे, यत्राे रकम कसरी चन्दा दिन सक्नु भयाे भन्ने समाधानकाे प्रश्नमा उनले यसरी जवाफ दिए– पहिलाे कुरा याे चन्दा हाेइन, कमाएर नाफबाट दिएकाे चन्दा जस्ताे हाेइन । गत वर्षदेखि नै व्यापार व्यवसाय चाैपट छ, बैंककाे किस्ता समेत तिर्न नसक्ने अवस्था छ । याे समयमा हामीले मानवीय सेवा सम्झेर ऋणमाथि ऋण नै थपेर सहयाेग गरेका हाैं ।
नाफा घाटा भन्दा पनि मान्छेकाे ज्यान बचाउनु ठुलाे कुरा भएकाले प्राण वायुकाे स्थापना गर्न सकेजतिकाे याेगदान गर्न खाेजका हाैं भन्दै पाैडेलले यस्ता पवित्र कार्यमा सहयाेग गर्न पाउदा आनन्द अनुभुति भएकाे बताए ।
उनले मानव सेवा नै सबै भन्दा ठुलाे सेवा भएकाले याे महामारी संकटकाे बेलामा जसले जुन ठाउमा रहेर जस्ताे सेवा र सहयाेग गर्न सकिन्छ, त्यही गरिदिन पनि आग्रह गरेका छन् ।









जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया