संक्रमितको मृत्युदर बढेपछि शव व्यवस्थापनमै समस्या, सुजनले दिए संकटमा साथ

समाधान संवाददाता २०७८ जेठ १ गते १३:३९

मध्य वैशाखपछि मृत्यु हुनेको संख्या ९, १०, १२, १४ हुँदै बढ्दै जान थालेपछि पोखरामा शव व्यवस्थापन गर्ने बहानकै अभाव खड्किएको थियो

समाधान संवाददाता, पोखरा ।

Advertisement

वैशाख १९ गते पोखरामा एकै दिन ८ जनाको ज्यान भयो । पोखराका विभिन्न अस्पतालबाट शव उठाएर व्यवस्थापन गर्न नेपाली सेनाको टोलीलाई हम्मे हम्मे प¥यो ।

कोरोना संक्रमितको शव पोखरा–३२ मझुवामा पु¥याएर व्यवस्थापन गर्न सेनाको एउटा टोलीलाई निकै सकस प¥यो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) सहजीकरणमार्फत शव व्यवस्थापनका लागि शववहान, नेपाली सेनाले प्रयोग गर्ने पिपिई, खाल्टो खन्ने स्काभेटर लगायतमा पोखरा महानगरले नै खर्च व्यवस्थापन गर्दै आएको छ ।

Advertisement

मध्य वैशाखपछि पोखरामा मृत्यु हुनेको संख्या ९, १०, १२, १४ हुँदै बढ्दै जान थालेपछि पोखरामा शव व्यवस्थापन गर्ने बहानकै अभाव खड्कियो ।

सिसिएमसीको बैठक बस्यो र शवबहानको वैकल्पबारे खोजि थाल्यो । कोरोना संकटमा केही परे आफू सहयोग गर्न तयार रहेको युवा व्यवसायी सुजन गुरुङले पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई भनेका थिए ।

युवा व्यवसायी सुजन गुरुङ

मेयर जिसीले डिसिसिएमसीको बैठक भइरहेकै ठाउँ जिल्ला प्रशासन कार्यालय कास्कीबाट गुरुङलाई फोन लगाए । डिसिसिएमसीको अप्ठेरो बुझेपछि बैठकमै पुगेका युवा व्यवसायी गुरुङले व्यवस्थापनका लागि एउटा गाडी र कर्मचारी निशुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

‘हामीसँग महानगरको एउटामात्र शवबहान गाडी थियो । मृत्युदर बढेपछि त्यसबाटमात्र शव व्यवस्थापन गर्न सेनाको टोलीलाई हैरान परिसकेको थियो,’ कास्कीका सिडिओ थानेश्वर गौतमले भने, ‘गुरुङले प्रतिवद्धताअनुसार एक ड्राइभरसहित शव व्यवस्थापनका लागि गुरुङले गाडी उपलब्ध गराइसकेका छन् । यसले हामीलाई राहत मिलेको छ ।’

कर्मचारीको एन्सुरेन्स पनि गुरुङ आफैंले गराएका छन् भने गाडी पनि शव व्यवस्थापनका लागि निशुल्न उपलब्ध गराएको मेयर मानबहादुर जिसीले बताए ।
कोरोना संकटमा आफू सकेको सहयोग गर्नुपर्छ भन्ने हतुले सहयोग गरेको र माहामारीमा सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने युवा व्यवसायी गुरुङ बताउँछन् ।

पोखरा–१३ निवासी गुरुङ शव व्यवस्थापनका लागि ग १ ख ६८६९ नम्बरको गाडी उपलब्ध गराएका हुन् ।

पोखरा स्काई स्पोट्र्सका सञ्चालक गुरुङले पहिलो लकडाउनमा कामबिहीन भएका मजदुर र विचल्लीमा परेका नागरिकलाई गासबासमा व्यवस्थापनमा सहयोग गरेका थिए ।

कास्कीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८५ पुगिसकेको छ । शुक्रबारमात्र गण्डकीमा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया