राप्रपाको महाधिवेश स्थगित

समाधान संवाददाता २०७८ जेठ १ गते १३:५५

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन स्थगित भएको छ। राप्रपाका तीनैजना अध्यक्षसहित आज बसेको बैठकले कोरोना संक्रमणका कारण महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।

कोभिड–१९ महामारी अत्यन्तै भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै आगामी जेठ २२–२५ सम्म काठमाडौँमा हुने भनिएको पूर्वघोषित पार्टीको केन्द्रीय महाधिवेशन हाललाई स्थगित गर्ने निर्णय गरेको राप्रपाले जनाएको छ।

Advertisement

महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने पनि पार्टीले जनाएको छ।

बैठकले कोरोना भाइरस संक्रमणको दर उच्च बन्दै गइरहेको तर नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर बनिरहेकोमा चिन्ता व्यक्त गरेको छ।

Advertisement

तपाईको प्रतिक्रिया