अमेरिकामा खोप लगाएकाले मास्क लगाउनु नपर्ने

समाधान संवाददाता २०७८ जेठ १ गते १६:५८

एसोसिएट प्रेस, न्युयोर्क

अमेरिकामा पूर्ण खोप लगाएका नागरिकले मास्क लगाउनु नपर्ने प्रावधान लागु गरिएको छ ।

राष्ट्रपति जो बाइडेनले कोरोना महामारीपछि लगाइएको स्वास्थ्य मापदण्डलाई केही खुकुलो पार्दै घर, अफिस जस्ता अधिकांश इन्डोर स्थलहरुमा मास्क लगाउन नपर्ने घोषणा गर्नुभएको हो ।

Advertisement

ह्वाइट हाउसस्थित आफनो ओभल अफिसमा आयोजित समारोहमा विपक्षी रिपब्लिकन सांसदहरुको साथमा आफुले लगाएको मास्क खोल्दै बाईडेनले यस्तो जानकारी गराएका हुन् ।

पछिल्लो निर्णयसँगै अमेरिकामा कोरोना विरुद्धको खोपको प्रभावकारीता बढेको र संक्रमण नियन्त्रणतर्फ गएको देखिएको छ ।

Advertisement

तर अझैपनि बढि भिडभाड हुने अस्पताल, सार्वजनिक यातायात, हवाई जहाज लगायतका स्थलमा भने मास्कलाई अनिवार्य गरिएको छ ।

तपाईको प्रतिक्रिया