एमाले नेता तथा लमजुङ उवासंघका पूर्वअध्यक्ष श्रेष्ठको निधन

समाधान संवाददाता २०७८ जेठ १ गते १९:२४

समाधान संवाददाता, लमजुङ


नेकपा एमाले जिल्ला कमिटी लमजुङका सचिवालय सदस्य एवं लमजुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष धर्मराज श्रेष्ठको निधन भएको छ । ५९ वर्ष उनको चितवन मेडिकल कलेजमा उपचारकै क्रममा शनिबार निधन भएको हो ।

रेडियो मर्स्याङ्दी लमजुङका उपाध्यक्षसमेत रहेका श्रेष्ठ विभिन्न सामाजिक संघसंस्थामा रहेका सामाजिक काममा सक्रिय थिए । नेपाल राष्ट्रिय बाणिज्य संघका सस्थापक केन्द्रीय सदस्य श्रेष्ठको आदिवासी जनजाति आन्दोलनमा पनि योगदान थियो ।

Advertisement

तपाईको प्रतिक्रिया