लेस्टर सिटीले रच्याे इतिहास, जित्याे एफए कप

समाधान संवाददाता २०७८ जेठ २ गते ७:०६

एजेन्सी ।

लेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ । शनिबार राति अवे मैदानमा भएको फाइनलमा चेल्सीलाई १–० ले पराजित गरेर लेस्टर सिटीले इतिहासमै पहिलोपटक एफए कपको उपाधि उचालेको हो ।

लेस्टर सिटीलाई ऐतिहासिक उपाधि दिलाउनका लािग ६३ औँ मिनेटमा यूरी तिलेमान्सले गरेको गोल नै निर्णायक बन्यो ।

सन् १९६९ पछि पहिलोपटक एफए कपको फाइनलमा पुगेको लेस्टर सिटीले पहिलोपटक उपाधि उचाल्यो । चेल्सीले गोल गर्ने केही मौका बनाए पनि त्यसमा सफल हुन सकेन ।

तपाईको प्रतिक्रिया