ओली नेपालबीच आज पनि छलफल हुँदै

समाधान संवाददाता २०७८ जेठ २ गते १२:४४

काठमाडौं ।

सत्तारुढ एमालेमा देखिएको विवाद मिलाउन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल हुँदैछ ।

पार्टी विवाद मिलाउन कार्यदल बनाउने विषयमा दुई नेताबीच छलफल हुन् लागेको हो । दुई नेताबीच दिउँसो १ बजे छलफल हुँदै छ ।

Advertisement

नेता नेपाल समूहले एमालेलाई २०७५ जेठ २ मा फर्काउनु पर्ने सर्त राखिरहेको छ ।

शुक्रबार संस्थापन र नेपाल समूहबीच भएको छलफलमा पार्टीलाई जेठ २ को वरिपरिको अवस्थामा लगेर समाधान निकाल्ने सहमति बनेको थियो ।

Advertisement

त्यसका लागि कार्यदल बनाउने सहमति बमोजिक कार्यदल बनाउन दुई नेता भेट्न लागेका हुन् ।

तपाईको प्रतिक्रिया