कोरोना नियन्त्रण गर्न सबै शक्ति परिचालन हुने

समाधान संवाददाता २०७८ जेठ २ गते १५:०१
फाइल फाेटाे

काठमाडौं, २ जेठ

काठमाडौं । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सबै शक्तिलाई प्रयोग गर्ने सरकारले निर्णय गरेको छ ।

Advertisement

कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले आइतबार नयाँ भेरियन्टसहितको कोरोनाविरुद्ध देशको स्वास्थ्य प्रणालीलाई एकीकृतरूपमा लगाउने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालय, प्रादेशिक अस्पताल, ती सबैलाई सञ्चालन गर्न हाल रहेको कानूनी जटिलतासमेत फुकाएर काम गर्ने उनको भनाइ थियो ।

Advertisement

खोपको तत्काल आपूर्तिको लागि सम्बन्धित निकायलाई निर्देशन दिएको पनि मन्त्री ज्ञवालीले बताए । अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा चलाउने, उद्योगलाई बिजुली महसुललगायतमा सहुलियत दिने र लिक्विड अक्सिजन ल्याउन भारतसँग आग्रह गर्ने पनि निर्णय गरेको ज्ञवालीले जानकारी दिए ।

सीसीएमसीको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित थिए । पैसाको अभावले कसैको ज्यान जान अवस्था आउन नदिन प्रधानमन्त्रीले आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया