मदन भण्डारी हत्याविरुद्ध आन्दोलन गर्दा झन्डै रेस्टिकेट
झपट रानाभाट
विश्व राजनीतिको शक्तिशाली मुलुक सोभियत युनियन लगायत पूर्वी युरोपका धेरै राष्ट्रहरुमा कम्युनिस्ट शासन व्यवस्था विघटन भयो । कम्युनिस्ट शासन व्यवस्था डाइनोसर झैं लोप भइरहेको प्रोपोगन्डा पश्चिमा र पुँजीवादी मुलुकहरूले मच्चाए । कम्युनिस्ट पार्टीलाई संग्रहालयमा थन्क्याउने वस्तुको रूपमा विश्वभरका प्रतिक्रियावादीहरुले गोयबल्स शैलीमा प्रचार गरे । कम्युनिस्ट शासन व्यवस्थाको उपयोगिता र सान्दर्भिकता समाप्त भइसकेको चर्चा चल्यो । त्यस्तो बेला प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरेर पनि कम्युनिस्टहरुले शासनको वागडोर सम्हाल्न सक्छन् भन्ने सिद्धान्त कमरेड मदन भण्डारीले प्रतिपादन गर्नुभयो । त्यो सिद्धान्तलाई आम सच्चाइ तुल्याउन र सार्वभौम सच्चाइको नजिक पु¥याउन कमरेड जीवराज आश्रितले भूमिका निर्वाह गर्नुभयो ।
इतिहास वास्तवमा अत्यन्तै निर्मम हुँदोरहेछ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादीका तत्कालीन महासचिव मदन भण्डारी धेरै बाँच्न पाउनु भएन । उहाँहरुको रहस्यमय हत्याको तीतो यथार्थतालाई हामीले नचाहेर पनि स्वीकार गर्न विवश हुनुप¥यो । त्यो कालो दिन २०५० साल जेठ ३ गते थियो । जसको पनि आज २८ वर्ष बितिसकेको छ । उहाँहरुको अवसानले नेपाली कम्युनिस्ट आन्दोलनले मात्र नभई सिंगै मुलुक, आमूल परिवर्तन र समग्र लोकतान्त्रिक आन्दोलनले नै गम्भीर क्षति बेहोर्नुप¥यो । त्यो कहालीलाग्दो घटनायता मुलुकको राजनीतिक अवस्थामा ठूल्ठूला परिवर्तनसमेत भइसकेका छन् । ती अपराधपूर्ण कुराहरुको नालीबेलीको भण्डाफोर र अपराधीहरुलाई जनताको कठघरामा हामी बारम्बार सरकारमा हुँदासमेत उभ्याउन नसक्नु दुःखद कुरा हो । यसर्थ सिंगै मुलुक र जनसमुदायको चिन्ता र चासोको विषय रहेको यो घटनाको सत्य –तथ्य उदघाटन गर्न अझैपनि हामीले भरमग्दुर कोसिस गर्नै पर्दछ । त्यो रहस्यमय हत्याकाण्डको सम्पूर्ण दुस्कर्मका चक्रव्यूहहरु सारा नेपाली जनसमुदाय र विश्वसामु उजागर गराएरै छाड्ने प्रतिबद्धता र पहलकदमी हामीले लिनै पर्दछ ।
विसं २०५० सालतिर देशमा बहुदलीय व्यवस्था थियोे, नेपाली कांग्रेसको ठूलै र सर्वसत्तावादी ज्यादती थियो । कमरेड मदन राजनीतिमा निकै सुझबुझ र दूरदृष्टि राख्ने नेता हुनुहुन्थ्यो । त्यस्तै कमरेड जीवराज फलामे अनुशासन, संगठनशैली र व्यवहारका सन्दर्भमा ज्यादै प्रतिबद्ध र खरो नेता हुनुहुन्थ्यो । आ–आफ्नै बिशेषता र गुणहरुले गर्दा उहाँ दुबैजना नेताहरू कार्यकर्ताहरुको बीचमा मात्रै हैन सम्पूर्ण जनसमुदायहरुको बीचमा पनि उत्तिकै लोकप्रिय हुनुहुन्थ्यो । उहाँहरुको नेपालको राजनीतिक आन्दोलनको इतिहासमा धेरै नै महत्वपूर्ण र प्रेरणादायी भूमिका छ ।
सन्दर्भ २०५० जेठ ३ गतेको हो । म कक्षा ८ मा अध्ययनरत विद्यार्थी र कक्षाको पहिलो बेन्चको पहिलो विद्यार्थी थिएँ । सानै थिएँ । पोखरा –२१ को कृस्तीनाच्नेचौरबाट आदरणीय अग्रज भक्त भूजेलसित कमरेड मदन भण्डारीको भाषण सुन्न भनी पोखरा सभागृह (दीपेन्द्र सभागृह ) आएँ । सायद पार्टी नेता खड्ग हमालसहित अरु धेरैजना आउनुभएको थियो ।
त्यतिबेलासम्म मैले तत्कालीन नेकपा एमालेको सदस्यता प्राप्त गरिसकेको थिइनँ उमेर सानो भएको कारण । तर, पार्टी कार्यकर्ता, एल्लेग्रहा प्राथमिक विद्यालयको शिक्षक यामनाथ सुवेदीले म स्यानो भए पनि मेरो घरमै पार्टी सदस्यताको आवेदन २०४९ सालतिरै लैजानु भएको थियो रे तर भेट भएनछ ०४६–०४७ सालदेखि नै तत्कालीन नेकपा मालेको गैरपार्टी सदस्य कार्यकर्ता हँुदाहँुदै पनि म छुटेछु । २०४६ सालको जनआन्दोलनको म सक्रिय सहभागी हो । २०४७ पोखरा–२१, कृस्तीको वयली प्राथमिक विद्यालयमा आयोजित कमरेड प्रभा बराल (मेयर, चितवन राप्ती नगरपालिका), विद्याविमल बराल, श्रीनाथ बराल र लीलाधर पौडेल उपस्थित तत्कालीन नेकपा मालेको कार्यक्रम र भक्त भूजेलको घरमा स्थापना भएको तत्कालीन मालेको सम्पर्क कार्यालय उदघाटनको सहभागी हुँ । २०४७ वैशाख १० हो कि २०–२१ गते हो, बहुदलीय व्यवस्था स्थापनाको सन्देश सभामा अनेरास्ववियु एकताको पाँचौंको तर्फबाट वक्ता हो म ।
२०५० जेठ ०३ गते पोखरा सभागृहमा पार्टीको तेस्रो जिल्ला अधिवेशनको उदघाटन समारोह हुँदै थियोे । उदघाटन सत्रमा मञ्चमा कमरेड मदन, आश्रित, बाचस्पति देवकोटा, मैले कमरेड किरण र त्रिलोचन ढकाल (२०४८ वैशाख मा कविता संग्रह चौडा साठी लम्बा नब्बे झण्डा गीत सहित चिन्थे) को खास सम्झिन सकिन । गण्डकी –धौलागिरी अञ्चलका माननीय सदस्यहरु मुस्ताङको ॐ विकास गौचन (ढुङ्गाले हानेर मृत्यु ) सहित हुनुहुन्थ्यो, उदघाटन कमरेड खगराज अधिकारी खासमा मदन कमरेडको भाषणको मात्र अलिअलि याद छ । त्यो पनि उहाँको यस भनाइको तात्पर्य भन्ने थेगो उदघाटन सत्रमा । ४ः३०÷४ः४५ त्यस्तै कतिभएको थियो कुन्नि । सिमसिम पानी परिरहेको थियो । कमरेड मदन र जीवराजलाई चितवनका लागि कमरेड खगराज लगायतका नेताहरुले बिदाइ गर्नुभो ।
म कसरी, कोसित घर फर्के पैदल हिँडेर अधकल्चो याद छ । भोलिपल्ट बिहान म घरको पिँढीमा लामो गुन्द्री ओछ्याएर पढ्दै अगाडि लामो क्यासेट प्लियर राखेर ७ बजेको समाचार सुन्दै थिए । अकस्मात कमरेड मदन र जीवराज चढेको जिप दासढुंगा भन्ने ठाउँबाट त्रिशुली नदीमा खस्यो, दुबै नेताहरू हराएको खबर आयो तर चालक अमर लामा बाचेको खबर सनसनी भयो, सुन्ने बित्तिकै बेहोस जस्तै भए म, इन्तु न चिन्तु भइयो, सारा देश शोकमग्न भयो । सारा नेपालीहरुले आफ्नो भरोसा लाग्दा नेताहरू गुमाएकोमा भावविह्वल भए, दासढुंगा हत्याकाण्डको यथार्थ कुरा बाहिर ल्याउन लाखौं जनसमुदाय आन्दोलित भए । जीवित अमर लामा माथि छानबिन गर्न, हत्यारा र हत्याको योजनाकारहरु पत्ता लगाई हदैसम्मको कारबाही गर्न माग भयो । जतिबेलै पानी पर्ने वर्षातको समय, खेतीपातीलाई समेत कुनै प्रवाह नगरी पोखरा–काठमाडौं लगायत ठूल्ठूला सहरहरुमा जनताको व्यापक समर्थनमा हत्या विरोधी आन्दोलनमा जनसमुदायको अभूतपूर्व सहभागिता भयो ।
सायद त्यसको पर्सिपल्ट हाम्रो पार्टी तत्कालीन नेकपा एमालेले त्यो हत्याकाण्डको विरुद्धमा नेपाल बन्दको आयोजना ग¥यो । म ८ कक्षामा पढ्ने भएता पनि अनेरास्ववियुको अध्यक्ष थिएँ । भविष्य निर्माण माध्यमिक विद्यालय बन्द गर्न भनी पार्टीका स्थानीय नेता खड्ग हमाल विद्यालय छिर्नुभो । मलाई भेटेर विद्यालय बन्द गर्ने कामको अगुवाई गर्न निर्देशन गर्नुभो । मैले कक्षा ८, ९ र १० मा सूचना भने नेपाल बन्दको । अफिसको बाहिरपट्टि ढोकाको आडमा घण्टी थियो । छुट्टी भएको लामो घण्टी बजाएँ । त्यो दिन त हेडसर दामोदर पराजुली (पोखरा, न्यूरोड ) विद्यालय आउनुभएको थियो तर भोलिपल्ट उहाँ स्कुल आउनु भएन । तर,म त्यो दुःखद अवस्थामा पनि जेनतेन विद्यालय गएको थिएँ । विद्यालयमा मैले अघिल्लो दिनमा विद्यालयमा पठनपाठन बन्द गराएको निहुँमा मलाई कहिल्यै पनि स्कुलमा पढ्न नपाउने गरी निष्कासन गर्न गाउँभरिका कम्युनिस्ट इतरका मानिसहरू विद्यालयमा डेलिगेशन आउनुभयो । त्यो दिन विद्यालयका प्रधानाध्यापक मेरा आदरणीय गुरु, सच्चा अभिभावक दामोदर शर्मा पराजुली हुनुहुन्थेन र उहाँहरु फर्कनुभो । तर गाइगुई ५ गते साँझ र ६ गते बिहान फलानोको छोरालाई विद्यालयबाट रेस्टिकेट गर्ने रे भन्ने हल्ला सुनिरहेको थिएँ । तर, विद्यालयको ९ र १० मा अध्ययन गर्ने पहिलो बेन्चका अग्रजहरु (ई.हरिबहादुर थापा, उपसचिव श्रीराम सुवेदी, अमेरिका) विष्णुबहादुर थापा, डा.राजेन्द्र रानाभाट ) सामान्यतया अनेरास्ववियुसित आबद्ध हुनुहुन्थ्यो । विद्यालयमा कार्यरत शिक्षक–कर्मचारी र अल्पमतको भएपनि गाबिसको नेतृत्व मेरो पक्षमा थियो नै, पर्सिपल्ट हेडसर आउनुभो । मलाई रेस्टिकेट गर्ने भन्ने टोली फेरि विद्यालय पस्यो ।
मेरा आदरणीय गुरु दामोदर पराजुली लगायतको टोलीले त्यो द्वन्दको तत्कालीन रूपमा त समाधान गर्नुभो । ममाथि सधैं फरक विचार राखेकै आधारमा धेरै अन्याय, अत्याचार भयो, अझ बहुदल आउने बेलामा त उपल्लो कक्षा चढ्ने सबैभन्दा कम अन्तरका मेरो जम्मा ५२२ (डा.मञ्जु कार्की ५१७) अंकका साथ अर्को कक्षामा जाँदा राजनीतिक पूर्वाग्रहका कारण म र मेरो आमामाथि ठूलै मानसिक तनाव दिइन्थ्यो । प्रतीकात्मक रूपमा यो साँचो उदाहरण पेस गरेको । ५० को दशकमा त देशैभर कांग्रेसको यस्तै चौचकी र बौबौकी थियोे । कम्युनिस्टलाई त छुत–अछूतको जस्तो व्यवहार गरिन्थ्यो, हल–परेली चल्दैन्थ्यो, निषेध जस्तै थियो ।
कम्युनिस्ट पार्टीको शुभचिन्तक, कार्यकर्ता हुन निकै गाह्रो थियो । फेरि, मेरोमा झनै ५ वटा कांग्रेसले, ४ वटा मात्रै वडा हाम्रो पार्टीले चुनाव जितेको । गाउँ विकास समितिको अध्यक्ष–उपाध्यक्ष बालबाल तत्कालीन नेकपा एमालेले जितेको । स्कुल भएको वडा कांग्रेसका ठूला नेता तारा भाटको मावली गाउँ, सामान्यतया ः सबैजसो कांग्रेस, बहुदल आएदेखि नै कांग्रेसको निशानामा परेको म,०४८, ०४९ र ५१ को चुनावसम्म त उहाँहरुको यति दमन कि ! घरमै बस्न नदिने, आमालाई पनि ठूलो मानसिक तनाव दिने । विद्यालयमा पढाउने गुरुहरु र तत्कालीन कृस्ती (हाल पोखरा –२१) को वडा नम्बर २ र ३ मा रहेका जनसमुदाय मात्र आफ्नो अभिभावक जस्तो मलाई मनोवैज्ञानिक असर ।
सधैं फरक विचार राखेकै आधारमा धेरै अन्याय, अत्याचार भयो, अझ बहुदल आउने बेलामा त उपल्लो कक्षा चढ्ने बेला कम नम्बर दिइयो
सानो जाँच जेठ महिनामा हुन्थ्यो । कमरेड मदन र जीवराजको हत्याको त्यो तनावले मेरो परीक्षा बिग्रयो । कक्षा –१ देखिको फस्ट विद्यार्थी, त्यो वर्ष अगिल्लो वर्षको दोस्रो विद्यार्थी बिरामी परेर मसितै प्रतिस्पर्धा (आदरणीय दाजु हरिबहादुर कुँवर, निमावि, द्वितीय) गर्ने हुनुभो । जेठको जाँचमा दाजुले मलाई १२.५ अंकले जित्नुभो । मलाई आदरणीय टक थापा (बेलायत)सरसित गणित ट्युसन पढ्न पोखरा झारियो, सरले गणितको ज्यामिति मात्र पढाइदिनुभो । अनि कक्षा १० का सित मिसाएर अंग्रेजी व्याकरण बोधराज भट्टराई सरले पढाइदिनुभो । तर, आफू नेताद्वयको हत्याकाण्डको विरुद्धमा के झरी, के बादल,के असिना,के दिन,के रात ? निरन्तर कहिले राके जुलुस, कहिले बन्द, हडतालमा, चक्काजाम आदिमा आन्दोलित भइयो ।
जनताका प्यारा नेताद्वयको तेह्रौं दिनको स्मृति सभा जेष्ठ १५ मा पोखराको चिप्लेढुंगा, चौतारीमा (हाल बिपी शालिक) भएको थियो । झमझम पानी परिरहेको थियो । श्रद्धाञ्जली सभाको सञ्चालन आदरणीय अग्रज पुष्पज्योति ढुंगानाले गर्नुभएको थियो । हाम्रो पार्टीका श्रद्देय नेताहरु वामदेव गौतम र अशोक राईले रुँदैरुँदै शोकलाई शक्तिमा बदल्ने विश्वासका साथ शोकसभालाई सम्बोधन गर्नुभएको थियो । हजारौं जनसमुदायहरु बलिन्द्र धारा आसुसहित शोकसभामा उपस्थित हुनुहुन्थ्यो । म पनि सानो नाबालक मेरा प्यारा नेताद्वय जननेता कमरेड मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको १३ औं दिनको शोकसभामा घुँक्क घँुक्क रुँदै आफूलाई सम्हाल्दै र नियन्त्रण गर्दै, भावविह्वल हुँदै भाग लिँदै थिएँ ।
जनताको बहुदलीय जनवादका प्रतिपादक,सिद्धान्तका लागि जीवन हैन, जीवनका लागि सिद्धान्त हो, सिद्धान्तको रङ खैरो र जीवनको रङ हरियो हुन्छ भन्ने विचारका दार्शनिक कमरेड मदन र त्यो सिद्धान्तलाई प्रतिपादन गर्न असल मित्रको भूमिका खेल्नुभएका कुशल संगठक, फलामे अनुशासनका प्रतिमूर्ति कमरेड जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै जीवन पर्यन्त निसर्त नेपाली जनताको मुक्तिकामी आन्दोलनमा अनवरतरुपमा लाग्ने प्रतिबद्धता दोहो¥याउँछु ।
तपाईको प्रतिक्रिया