मुस्ताङी युवाको कोरोनाबाट पोखरामा मृत्यु

सुन्दरकुमार थकाली, मुस्ताङ
जोमसोम -हिमाली जिल्ला मुस्ताङमा कोरोना भाईरसको सक्रमणबाट शनिबार एक युवाको मृत्युु भएको छ ।
मुस्ताङको वारागुङ मुत्तिक्षेत्र गापा १ रानिपौवाका ३३ बर्षिय युवाको पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचार का क्रममा मृत्यु भएको वारागुङ मुत्तिक्षेत्र गापाका स्वास्थ्य सयोजक खगेन्द्र बोहोराले जानकारी दिए ।
कोरोना सक्रमित युवाको मुस्ताङमा एन्टिजेन र पिसिआर परिक्षण गर्दा कोराना पोजेटिभ देखिएको थियो ।
कोरोना पोजेटिभ देखिएका ती युवाको स्वास्थ्य गम्भीर भएपछी एकसाता अघि हेलि मार्फत पोखरा पुर्याईएको थियो ।
योसगै मुस्ताङमा कोरोनाबाट मृत्यु हुनेको सख्या २ पुगेको छ ।यसअघि कोरोनाका कारण मुस्ताङमा ७२ बर्षिया महिलाले ज्यान गुमाएकी थिईन ।
यस्तै ,कोरोनाको दोश्रो लहर सगै हिमाली जिल्ला मुस्ताङमा सक्रमितको सख्या १ सय १३ पुगेको छ ।जसमा १७ जना निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
मुस्ताङको घरपझोङमा ३५ ,वारागुङ मुत्तिक्षेत्रमा ३६ र थासाङमा ३५ जना सक्रिय सक्रमित रहेको जनाईएको छ । मुस्ताङमा गम्भिर कोरोना सक्रमितको अवस्था बढ्न थालेको छ । उद्दारका लागि मुस्ताङमा हेलिकप्टरबाट दैनिक जसो कोरोनाका बिमारी रिफर हुने गरेको जनाईएको छ ।
हालसम्म ८ जना भन्दा बढी सक्रमितको हेलि मार्फत पोखरा/काठमान्डौ उद्दार भएको प्रजिअ हिरादेवी पौडेलले जानकारी दिईन ।
तपाईको प्रतिक्रिया