देशभर ७ हजार ३६८ संक्रमित थपिए
समाधान संवाददाता
२०७८ जेठ २ गते १७:००

काठमाडौं ।
आज देशभर सात हजार ३६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ३६८ जनालाई संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १० हजार २६३ पुगेको छ।
आज देशभर छ हजार ६४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।
देशभर ७०१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज देशभर १४५ जना संक्रमितको निधन भएको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया