मदन भण्डारी लोकतान्त्रिक आन्दोलनको धरोहरः प्रधानमन्त्री ओली

काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीलाई नेपालको लोकतान्त्रिक आन्दोलनको धरोहरको रूपमा समेत चित्रित गरेका छन् ।
२८औँ मदन –आश्रित स्मृति दिवसका अवसरमा प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले नेपालको राष्ट्रिय हित रक्षाका लागि भण्डारीले अविचलित अडान राख्दै राष्ट्रियताको आन्दोलनलाई सही ढङ्गले परिभाषित गरेको उल्लेख गरेका छन् ।
भण्डारीका तिनै अडान र मान्यताहरु राष्ट्रिय हितको रक्षाका लागि आज पनि उत्तिकै सान्दर्भिक र मार्गदर्शक रहेको ओलीले उल्लेख गरेका छन्।
‘मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण धरोहर हुनुहुन्थ्यो । तत्कालीन नेकपा ९माले० लाई शान्तिपूर्ण आन्दोलनको अग्रणी शक्तिका रुपमा स्थापित गर्दै उहाँले त्यतिबेलाको शक्ति सन्तुलनका आधारमा आन्दोलनको उपयुक्त लक्ष्य, कार्यदिशा र नारा तय गर्न अगुवाइ गर्नुभयो,’ ओलीले वक्तव्यमा भनेका छन्, ‘संयुक्त वाम मोर्चा गठन गर्न पहल गर्नुभयो। एवं, नेपाली काङ्ग्रेसलाई संयुक्त जनआन्दोलनका लागि सहमत गराउन निर्णायक भूमिका खेल्नुभयो।’
भण्डारीले प्रतिबादन गरेको ‘जनताको बहुदलीय जनवाद’ ९जबज० आज नेपाली क्रान्तिको सिद्धान्तका रुपमा स्थापित भएको ओलीले बताएका छन् ।
‘जबजले लोकतन्त्रलाई सामाजिक न्यायसँग जोड्न, कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरण गर्न एवं प्रतिकूलताका बीचमा पनि नेपाली कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउन सफल मार्गदर्शन गरिरहेको छ,’ ओलीले वक्तव्यमार्फत भनेका छन् ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया