रियल मड्रिड उपाधि हाेडमा कायमै

समाधान संवाददाता २०७८ जेठ ३ गते ८:५८

एजेन्सी ।

रियल मड्रिडले लिगको अन्तिम खेलसम्म उपाधि होडलाई जीवित राखेको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा एथ्लेटिको बिल्बाओमाथि १–० को जित निकाल्दै रियल मड्रिडले आफूलाई उपाधि होडमा कायम राखेको हो ।

अवे मैदानमा भएको खेलमा रियल मड्रिडको जितमा नाचोले ६८ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । ८९ औँ मिनेटमा गार्सिया सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एथ्लेटिको बिल्बाओ १० खेलाडीमा सीमित भएको थियो ।

Advertisement

जितपछि दोस्रो स्थानको रियल मड्रिडको एक खेल बाँकी हुँदा ८१ अंक भएको छ । शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ८३ अंक छ ।

Advertisement

तपाईको प्रतिक्रिया